नातिबाबु भट्ट, कोलोराडो अमेरिका ।
कोलोराडोमा नेपालीहरूको सक्रियतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको अगष्ट ६ तारिकका दिन उद्धाटन हुने भएको छ । क्लबको स्थिति बुझ्न लायन्स क्लबका ईन्टर नेशनल डाईरेक्टर सञ्जय खेतान जुलाई २८ तारिकमा नै लङमन्ट आउने भएका छन् । गत मे २१ का दिन स्थानीय नेपालीहरूको भेलाले कर्मभूमि अमेरिका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रक्रिया पुरागरि उद्धाटन हुन लागेको हो ।
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टको हलमा साँझ ६ बजे देखि सुरुहुने उद्धाटन समारोहमा नेपालबाट लायन्स क्लबका ईन्टर नेशनल सल्लाहकार सुजन कुमार श्रेष्ठ, कोलोराडो लगायत विभिन्न स्टेटबाट लायन्सका डिष्ट्रक गर्भनर, स्थानीय मेयर, कोलोराडोमा सक्रिय सङ्घ स्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, पत्रकार लगायतका व्यक्तिहरूको उपस्थिति रहने क्लबका अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।
हालै गठित क्लबको अध्यक्षतामा जोशन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रेमकाजी श्रेष्ठ, द्धितिय उपाध्यक्षमा पुष्पा गुरुङ, तृतिय उपाध्यक्षमा पूर्ण श्रेष्ठ रहेका छन् । त्यसैगरि अन्य पदाधिकारिहरुमा सचिव, कोषाध्यक्ष, मेम्मरसिप चेयर पर्सन, कम्यूनिकेसन अफिसर र टेक्निसियन अफिसरमा क्रमश प्रमोद श्रेष्ठ, सञ्जय प्रधान, नारायण श्रेष्ठ, नातिबाबु भट्ट, विक्रम श्रेष्ठ रहेका छन् । क्लबको विधान अनुसार अन्य सदस्यहरू सबै बोर्ड मेम्वर रहने छन् ।
सन् १९१७ मा अमेरिका सिकागोका एक व्यापारीको सक्रियतामा स्थापना भएको यस क्लबको सञ्जाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाएर सम्बधित डिष्ट्रीकमा निवेदन दिएपछि यसको आधिकारिक प्रक्रिया अगाडी बढ्छ ।