बिराट नेपाल
2016-07-17
नातिबाबु भट्ट, जुलाई १६, २०१६, कोलोराडो, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०३ औं भानु जयन्तिको सँगै साहित्यिक कवि गोष्ठि सम्पन्न भयो । नर्थग्लेन स्थित एक चर्जमा भएको कार्यक्रम भानुभक्तको तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यता तथा एटर्नि विनोद रोक्काको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १५ जना भन्दा बढी कवि, कवयत्री, तथा सर्जकहरुले आना सृजना प्रस्तुत गरेका थिए ।
कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा भानु भक्तले नेपाली साहित्यमा पु¥याएका योगदान, मातृ भूमि नेपाल र अमेरिकामा नेपालीहरूको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजीमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहाँ प्रस्ट देख्न सकिन्थ्यो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा दिनेश कार्कीको प्रस्तुतिमा सम्पन्न साहित्यिक गोष्ठीमा रमेश गुरुङले भानुको परिचय सँगै उनको कृतिले नेपाली साहित्यलाई दिएको योगदानको बारेमा प्रष्ट्याएका थिए । मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।
फोटो: नातिबाबु भट्ट, भुपेन्द्र महत
Post Comments Using Facebook
Your Comments