Similar Articles

कोलोराडोमा नयाँ वर्ष कार्यक्रम सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो:
प्रतिकुल मौसमका कारणले पूर्व निर्धारित समयमा हुने भनिएको नयाँ वर्षको स्थगित भएको कार्यक्रम अन्तत: हिजो मे महिनाको १ तारिखमा सम्पन्न भएको छ । रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा डेनभर स्थित याक एन्ड यती रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुको साथै विविध सांस्कृतिक कार्यक्रम गरेर मनाएको छ । 

महेश बुढाथोकी, सरोज दत्त जस्ता ख्याति प्राप्त गायक समेतको प्रस्तुति रहेको उक्त कार्यक्रममा एक खुट्टाले नृत्य गरेर ख्याती कमाएकी रस्मी खरेल, यु-ट्युबर आयुश रिमाल, गायक लाक्पा याक तथा पूर्ण श्रेष्ठले समेत आफ्नो कला र गला द्वारा मनोरन्जन दिएका थिए भने शरद आचार्य र समिर आचार्यको कमेडी डान्स, आस्मा बस्नेत र श्रीका आचार्यको एकल नृत्य तथा ग्रिष्म श्रेष्ठ, सरीना श्रेष्ठ, आरती पौड्याल र मरिशा श्रेष्ठको सामूहिक नृत्य पनि आकर्षक थियो ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहित बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नेपाली र अमेरिकी राष्ट्रिय गानबाट सुरु गरिएको थियो । नेपाली गीत गजलमा गहिरो छाप पार्दै आएका बोल्डर, कोलोराडो निवासी गजलकार भुपेन्द्र महतलाई सम्मान गरिएको उक्त कार्यक्रममा भाग लिने कलाकारहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन दिनेशकुमार कार्कीले गरेका थिए ।

MORE PHOTOES CLICK HERE

कोलोराडोमा नयाँ वर्ष कार्यक्रम सम्पन्न (फोटो फिचर)

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक