Similar Articles

कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन गर्ने

बिराट नेपाल

नतिबाबु भट्ट कोलोराडो अमेरिका
कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरूको सक्रियतामा शनिवार सम्पन्न एक भेलाले  à¤²à¤¾à¤¯à¤¨à¥à¤¸ क्लब गठन गर्ने निर्णय गरेको छ । स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न एक भेलाले कर्म भूमि अमेरिका र जन्म भूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरेका हुन् ।  à¤¸à¥à¤¥à¤¾à¤¨à¥€à¤¯ जोशन श्रेष्ठको सक्रियतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब नेपालका डिष्टीक ३२५ ए वानका सल्हाहकार सुजन श्रेष्ठले क्लब गठन गर्न तयार गर्नुपर्ने पुर्वाधारहरु, यसका नियम कानुन तथा महत्त्व र सहभागीहरुको जिज्ञासालाई प्रष्ट्याएका थिए । कार्यक्रममा लायन्स क्लब पूर्व अध्यक्ष भुषणलाल श्रेष्ठले लगायत अन्य सहभागीहरुले आनो अनुभव सुनाएका थिए । 
 
सन् १९१७ मा अमेरिका चिकागोका एक व्यापारीको सक्रियतामा स्थापना भएको यस क्लबको सञ्जाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्टीकमा निवेदन दिएपछि यसको आधिकारिक प्रक्रिया अगाडी बढ्छ । आजको भेलाले आगामी जुन ११ सम्ममा यसमा गोलबन्द हुन चाहने सबैलाई जानाकारी गराई सदस्यता सङ्कलन गरी सोही दिन कार्य बिभाजन सहित क्लबको आधिकारिक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक