Similar Articles

प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका:-
प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो । प्रवासी नेपाली मंच केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख अतिथ्यतामा  à¤¸à¤®à¥à¤ªà¤¨à¥à¤¨ भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्सिय कोलोराडो च्पाप्टर गठन गरि भेला सम्पन्न भएको हो । कोलोराडोको बोल्डर स्थित काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न भेलाको उद्धँटन सत्रलाई उपस्थित अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए । यसरी शुुभकामना दिनेहरुमा केन्द्रिय अध्यक्ष संजय थापाले टेलिफोन मार्फत, केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थ, अनुशासन समितीका संयोजक जनक राना, सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक गोकर्ण दाहाल, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेड फ्रेण्डस् अफ नेपालका महासचिव विनोद त्रिपाठी, नारायण श्रेष्ठ लगायतका रहेका थिए ।

ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको संचालन तिर्थ बर्माले गरेका थिए भने सभापतित्व दिपक बस्न्यातले गरेका थिए । उद्धाटन सत्रको अन्यमा रमेश गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए । उद्धाटन सत्र पछि बन्द सत्र सञ्चालन गर्न गोकर्ण दाहालको संयोजकत्वमा ५ सदस्सिय निर्वाचन कमिटी गठन गरिएको थियो । यसरी सम्पन्न बन्द सत्रले जगत श्रेष्ठको अध्यक्षतामा १५ सदस्सिय कोलोराडो च्याप्टर गठन गर्ने सर्वसम्मत निर्णय गरेको हो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश दिनेश श्रेष्ठ, उपेन्द्र कार्की र पुर्ण श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा कृष्ण घिमीरे, दिनेश कार्की, भुवन श्रेष्ठ, महेश बुढाथोकी, शरद श्रेष्ठ, शान्ति बर्मा, भरत कार्की, आङफुरा शेर्पा, तोयानाथ सापकोटा, किरण डांगी रहेका छन् । बांकि एक सदस्य भने पछि पूर्ण बैठकले तोक्नेगरि खाली राखिएको छ ।

यस अघि अमेरिकाको १२ राज्यमा च्याप्टर गठन भई सकेको यस प्रवासी नेपाली मंचको दोश्रो अधिवेशन आगामी जुलाईमा बाल्टिमेरमा हुने जानकारी गराईएको थियो । कार्यक्रमको अन्त्यममा निर्वाचन कमिटीका संयोजक गोकर्ण दाहालले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाई खादा ओडाएर स्वागत गरेका थिए ।

प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन
प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक