Similar Articles

नेपालीे घरद्धारा दुई विद्यार्थीलाई छात्रवृती दिने निर्णय

बिराट नेपाल

नतिबाबु भट्ट, कोलोराडो अमेरिका

कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले हरेक वर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई  à¤à¤• एक हजारका दरले छात्रबृती दिने निर्णय गरेको छ । 
शुक्रवार सम्पन्न संस्थाको बैठकले कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई उनीहरूको सफल भविष्यको शुभकामना सहित प्रोत्साहन स्वरूप उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

अमेरिकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरूलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताइएको छ । यहाँ“ जन्मे हुर्केका बाल बलीकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरू अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बाल बलिका र तिनीहरूको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउने संस्थाका अध्यक्ष योगराज गौतमले बताएका छन् ।

के कस्ता विधि प्रक्रियाबाट छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, कार्यक्रमलाई कसरी निरन्तरता दिने, छात्रबृती दिने श्रोत कसरी जुटाउने, यी सबै जिम्मबारी बहनको लागी संस्थाको आगामी बैठकमा विशेष समिति गठन गरी उक्त समितिलाई जिम्मा दिने गौतमले बताएका छन् ।  à¤‰à¤¨à¤²à¥‡ नेपाली घर निर्माण गर्न सङ्कलन गरिएको कोषको रकम यस कार्यको लागि खर्च नगरिने प्रतिबद्धता समेत गरेका छन् । 

नेपालीहरूको भेष भूषा, भाषा संस्कृति, रिती स्थिति चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाले आफ्नो संस्कृति संरक्षणको लागी बेला बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

नेपालीे घरद्धारा दुई विद्यार्थीलाई छात्रवृती दिने निर्णय


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक