Similar Articles

लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतानसँग अन्तरक्रिया सम्पन्न

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो अमेरिका ।  

लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतान, हिमालयज लायन्स क्लब लङमन्टका पदाधिकारी र लायन्सका स्थानीय डिष्ट्रक गर्भनर तथा अन्य पदाधिकारी बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

अगष्ट ६ तारिकका दिन उद्धाटन हुने क्लबको स्थिति बुझ्न लायन्सका ईन्टर नेशनल डिरेक्टर सञ्जय खेतान कोलोराडो आएका हुन् । स्थानीय नेपाली समुदायले कर्मभूमि अमेरिका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रक्रिया पुरागरि उद्धाटन हुन लागेको हो । हिमालयज लायन्स क्लब नेपालीको सक्रियतामा कोलोराडोमा गठित पहिलो र एकमात्र क्लब हो ।

 


छलफको क्रममा डिरेक्टर खेतानले नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै कामहरू भई रहेको बताउदै वर्तमान अवस्थामा नेपालको सामुदायिक विकास गर्न सहयोगको धेरै आवश्यकता रहेको बताए । लायन्स क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै, उनले अहिले नेपालमा २० हजार नेपाली यसमा आवद्ध रहेको र २०१६ पछि नै १ सय भन्दा बढी क्लब गठन भई सकेको जानाकारि दिए । खेतानले विशेष गरी महाभुकम्प पछि नेपालको विकासको लागि लायन्सले ५ मिलियन डलर छुट्याएको र त्यसबाट स्वास्थ्य र शिक्षामा ठुला ठुला काम भई रहेको बताए । उनले अमेरिकामा नेपालीको सक्रियतामा १ सय भन्दा बढी लायन्स क्लब गठन गर्ने आºà¤¨à¥‹ उद्धेश्य रहेको भन्दै यसकै शील शिलामा कोलोराडो आईपुगेको बताए ।

उनले विश्वको सुविधा सम्पन्न देशमा बसेर पनि मातृ भूमिको सहयोग गर्ने उद्धेश्य लिई क्लबमा गोलबन्द हुने सबैलाई धन्यवाद दिए । देश नेपाललाई सबैको साथ र सहयोगको खाँचो रहेको प्रष्ट्याउदै , संम्पूर्ण नेपाली र नेपाल प्रति सद्भाव राख्नेहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।   


लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टको हलमा  à¤­à¤à¤•à¥‹ अन्तरक्रिया कार्यक्रममा डिष्ट्रक गर्भनर, क्लबका पदाधिकारी तथा अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो । 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक