Similar Articles

वरिष्ठ संगीतकार गुरुंगको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न विशेष साङ्गीतिक साँझको आयोजना हुने

बिराट नेपाल

बिआरटी नेपाल डट कम à¤¸à¤®à¥à¤¬à¤¾à¤¦à¤¾à¤¤à¤¾, कोलोराडो ।

नेपाली साङ्गीतिक फाँटका शिखर व्यक्तित्व वरिष्ठ संगीतकार अम्बर गुरुंगको स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न कोलोराडोमा एक विशेष साङ्गीतिक साँझको आयोजना हुने भएको छ । स्वर्गीय गुरुंगका अमर गीत र सङ्गीतहरूको संस्मरण गर्दै "ज्याम की ज्याम (Jam Key Jam)" साङ्गीतिक समूहद्वारा सञ्चालन हुन लागेको उक्त कार्यक्रमलाई रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले सम्पूर्ण कोलोराड़ोबासी नेपाली सामु प्रस्तुत गर्न लागेको भन्ने जानकारी संस्थाका महासचिव विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएका छन् ।

 

कार्यक्रमको पहिलो चरणमा विभिन्न स्थानीय कलाकारहरुबाट स्वर्गीय गुरुंगद्वारा संगीतबद्ध कालजयी गीतहरू गाइनेछन । निलम श्रेष्ठ, सरोज दत्त, सीमा पोख्रेल, निर्मला श्रेष्ठ, नवीन श्रेष्ठ, सम्झना पोख्रेल, सुरेश प्रधान, वसन्त लम्साल, दीपक गौतम, मनोजकाजी तुलाधर, प्रभात मानन्धर, विजय  à¤…धिकारी, सुरेन्द्र महर्जन, इशान प्रधान, अनुपम राई र विजय श्रेष्ठका स्वर र सङ्गीतमा सुमधुर गीतहरू गुञ्जनेछन ।

 

कार्यक्रमको दोस्रो चरणमा कलाकारहरूले सुमधुर सङ्गीतद्वारा स्वर्गीय गुरुंगप्रति साङ्गीतिक श्रध्दान्जली (Musical Instrumental Tribute) दिने कार्यक्रम छ । उक्त कार्यक्रम ब्रूमफिल्ड अडिटोरियमा आइतबार अगस्त १४, २०१६ अपरांह ४:३० देखि ७:०० बजेसम्म हुने भएको छ । कार्यक्रम हेर्न टिकट दस डलर राखिएको छ । कार्यक्रमको अन्य जानकारीको लागि संस्थाका अध्य्क्ष शरद आचार्य, उपाध्यक्ष उमेश श्रेष्ठ, महा-सचिव विनोद त्रिपाठी तथा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका कार्यसमितीका पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिने छ । à¤¸à¤¾à¤¥à¥ˆ उक्त कार्यक्रमको बिआरटी नेपाल डट कमद्वारा प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

अंबर गुरुङ- नौ लाख तारा उदाए





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक