Similar Articles

कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो अमेरिका
कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरूको सक्रियतामा लङमन्ट हिमालयज लायन्स क्लब गठन गरेका छन् । गत मे २१ का दिन स्थानीय नेपालीहरूको भेलाले कर्मभूमि अमेरिका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरे अनुसार सबै प्रक्रिया पुरागरि शुक्रवार डिष्ट्रक गर्भनर केन मोरले हस्ताक्षर गरेपछि क्लबको औपचारिक गठन भएको हो ।
   
 à¤¯à¤¸à¤°à¥€ गठित क्लबको अध्यक्षतामा जोशन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रेमकाजी श्रेष्ठ, द्धितिय उपाध्यक्षमा पुष्पा गुरुङ, तृतिय उपाध्यक्षमा पूर्ण श्रेष्ठ रहेका छन् । त्यसैगरि अन्य पदाधिकारिहरुमा  à¤¸à¤šà¤¿à¤µ, कोषाध्यक्ष, मेम्मर सिप चेयर पर्सन, कम्यूनिकेसन अफिसर र टेक्निसियन अफिसरमा क्रमश  à¤ªà¥à¤°à¤®à¥‹à¤¦ श्रेष्ठ, सञ्जय प्रधान, नारायण श्रेष्ठ, नातिबाबु भट्ट, विक्रम श्रेष्ठ रहेका छन् । क्लबको विधान अनुसार अन्य सदस्यहरू सबै बोर्ड मेम्वर रहने छन् । संस्थामा हाल सम्म २ दर्जन भन्दा बढी सदस्यहरू आवद्ध भई सकेका छन् । 

सन् १९१७ मा अमेरिका सिकागोका एक व्यापारीको सक्रियतामा स्थापना भएको यस क्लबको सञ्जाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्ट्रीकमा निवेदन दिएपछि यसको आधिकारिक प्रक्रिया अगाडी बढ्छ । क्लबको निकट भविष्यमा भव्य उद्धाटन कार्यक्रम हुने अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् । कार्यक्रम हुने मिति, स्थान र समय पछि प्रकाशन गरिने बताइएको छ ।



कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन
कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन
कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन
कोलोराडोको लङमन्टमा नेपालीको सक्रियतामा लायन्स क्लब गठन


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक