Similar Articles

सबै भन्दा कान्छी खेलाडी गौरिका सिंहले 'रियो ओलम्पिक २०१६' मा पहिलो हिट्स जितिन्

बिराट नेपाल

काठमाडौं २३ साउन


ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह रियो ओलम्पिक २०१६ मा प्रथम भएकी छन् ।आइतबार राति नेपाली समय अनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी गरेकी गौरीले आफ्नो हिट्समा प्रथम स्थान हात पारेकी हुन् । 

 

गौरिका सिंह रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्  ।  १३ बर्षीय  किशोरी गौरिकालाई सबैभन्दा कान्छी खेलाडी भएको रियो ओलम्पिकको अफिसियल वेबसाइटले उल्लेख गरिएको छ ।


 बेलायतको स्कुलमा अध्ययनरत गौरिका विश्वभरका देशको सहभागिता हुने पौडी प्रतिस्पर्धामा नेपालबाट प्रतिनिधित्व गरेर ओलम्पिक २०१६ मा सहभागी भएकी हुन् । आफ्नो उमेर समूहमा गौरिका ब्रिटिनको उत्कृष्ट २० स्विमरभित्र पर्छिन् । उनले बर्नेट कप्टहल क्लबका लागि खेल्दै आएकी छिन्, जसले धेरै अन्तर्राष्ट्रिय  स्तरको खेलाडी उत्पादन गरिसकेको छ। 
गौरिका ११ वर्षको हुँदा पहिलो पटक नेपालको पौडी प्रतियोगितामा भाग लिएकी थिइन्।

 

 

पहिलो सहभागितामै ७ राष्ट्रिय कीर्तिमान तोडेकी उनले त्यसपछि निरन्तर रुपमा कीर्तिमान तोड्दै आएकी छिन्। त्यति बेलै उनले ओलम्पिक खेल्न सक्ने बताइएको थियो।

 

 

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक