Similar Articles

विश्व नेपाली समाचार (World)

क्यानडाका नरबहादुर टण्डन नेपाल सरकारद्वारा मानर्थ दूत ( जन सम्पर्क प्रतिनिधि ) नियुक्त

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, क्यानडा
आफ्नो ट्रकमा नेपाललाई चिनाउने विविध पर्यटकीय आकर्षणहरु रंगाएर क्यनाडा र अमेरिकाको विभिन्न स्थानहरुमा प्रचार गरिरहेका नरबहादुर टण्डनलाई नेपाल सरकारले मानर्थ दूत (जन सम्पर्क प्रतिनिधि)मा नियुक्त गरेको छ । अमेरिका र क्यानडामा नेपालको पर्यटन प्रवर्धनमा उनले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल पर्यटन बोर्डले मे १९ का दिन उनलाई उक्त पदमा २ वर्षको कार्यकालको लागि नियुक्त गरेको हो । नेपालको दाङ जिल्लामा जन्मेका टन्डन २००५ मा अध्ययनको लागि क्यानडा प्रवेश गरेपछि त्यही रोजगारीमा लागेर हाल ओन्टारियो राज्यको स्थायी बासिन्दा समेत भइसकेका छन् । 

सन् २०१२ को जनवरी देखि आफ्नो ट्रकमा पर्यटकीय आकर्षणका चित्रहरु बोकेर नेपालको पर्यटनको प्रचार सुरु गरेका उनले हालसम्म अमेरिकाको ४६ र क्यानडाको १० राज्यमा उक्त ट्रकलाई लगिसकेका छन् । आफ्नो ५३ फिट लामो १८ पांग्रे ट्रकमा उनले फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैँडा, पाटेबाघ, प्याराग्लाइडिंग, पदयात्रा, रयाफ्टिङ र रक क्लाइम्बिङ, जीवित देवी कुमारी, बैद्ध स्तुप, पाटन दरबार र पशुपतिनाथ लगायतका तस्विरहरु राखेका छन् । 

उनले अमेरिका र क्यानडामा पर्यटन बोर्डको मर्म अनुसार काम गर्दै नेपाल विश्वको १० प्रमुख पर्यटकीय आकर्षण रहेको देशहरू मध्ये एउटा हो भन्ने कुरा स्थापित गरी नेपालको पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुर्याउने आशा लिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । नेपाल पर्यटन बोर्डको प्रतिनिधि भएपछि अब उनले अधिकारिक रूपमा नेपाल सरकारको लोगो आफ्नो लेटरप्याड र भिजिटिङ कार्डहरुमा प्रयोग गर्न पाउनेछन् भने नेपालको पर्यटनमा चासो राख्ने संघसंस्थाहरु, सञ्चार माध्यमहरु, कूटनैतीक नियोगहरु, नेपाली राजदूतावास र पर्यटन व्यवसायीहरुहरुसँग समन्वय गरी कार्य गर्नु र त्यसको प्रगति विवरण पर्यटन बोर्डलाई बुझाउनु उनको दायित्व हुनेछ । 

आफ्नो दैनिक जीवन गुजारागर्ने कार्यसँगै नेपालको पर्यटन प्रचार गर्न सकेकोमा खुसी रहेका टण्डन सरकारले आधिकारिक रूपमा पर्यटन प्रवर्धनको जिम्मेवारी दिएपछि थप उत्साहित भएका छन् । आफ्नै लगानी र मिहेनतमा देशको प्रचार गर्दै आएका टन्डनलाई सद्भावना दूतमा नियुक्त गर्न क्यानडा र अमेरिकाको राजदूतावासहरुले सिफारिस गरेका थिए ।

क्यानडाका नरबहादुर टण्डनलाई नेपाल सरकारले मानर्थ दूत (जन सम्पर्क प्रतिनिधि) नियुक्त

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक