Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाली प्रवासी श्रमिक सङ्घ युएईको क्षेत्रीय कमिटी बिस्तार

बिराट नेपाल

दामोदर दाहाल,नेपाली प्रवासी श्रमिक सङ्घ युएईले  à¤œà¥à¤¨-२०१६ महिनामा विशेष भेलाको आयोजना गरेर तिन वटा  à¤•à¥à¤·à¥‡à¤¤à¥à¤°à¥€à¤¯ कमिटी बिस्तार गरेको छ भने निस्क्रिय रहेको एउटा कमिटी विघटन गरेको नेपाली प्रवासी श्रमिक सङ्घ युएइका अध्यक्ष रामेश्वर भेटवालले जानकारी दिएका छन्।

सारजाह क्षेत्रीय कमिटी
नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक सङ्घ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने विशेष अथितीमा प्रवासी नेपाली मञ्च सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए।

उक्त भेलामा अध्यक्ष भेटवालले  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ श्रमिक सङ्घ के हो? यो श्रमिक सङ्घ प्रवासमा किन आवश्यक छ र यसले श्रमिकहरूको हक हितको बारेमा जिफन्टले कसरी आवाज उठान गर्छ भन्ने बारेमा प्रस्ट पारेका थिए, त्यस्तै श्रमिकहरूको लागी ठुलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो सस्थाले सित्तैमा श्रमिकहरूको हक हित सुनिश्चित गर्दैन तपाईहरु सस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रवासी श्रमिक सङ्घ युएईमा सबै प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई आबद् आग्रह गरे।

जिफन्टउक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा डी आर  à¤ªà¤¾à¤£à¥à¤¡à¥‡, त्यसैगरी उपाध्यक्षमा नेत्र बहादुर नेपाली, सचिवमा कृष्ण वाग्ले, कोषाध्यक्षमा कुश कुमार के.सी, सदस्यहरूमा कमल थापा, महेश रेग्मी, गोपाल व. सिङ, विष्णु प्रसाद भण्डारी, नेदु राम रेग्मी सहितको कार्य समिति गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरूको हकहितको लागी सदैव लागिरहन सुझाएका थिए ।

सोनापुरमा श्रमिक क्षेत्रमा क्षेत्रीय कमिटी
नेपाली प्रवासी श्रमिक सङ्घ युएईले एक विशेष भेलाको आयोजना गरेर श्रमिकहरूको बस्ती भनेर प्रख्यात रहेको दुबईको सोनापुरमा तेस्रो क्षेत्रीय कमिटी गठन गरेको छ।

नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक सङ्घ युएईका उपाध्यक्ष बाबुराम सापकोटा तथा प्रवासी नेपाली मच युएई राष्ट्रिय समितिका सदस्य वसन्त के सीको विशेष अथिती तथा अथितीमा नेपाली प्रवासी श्रमिक सङ्घ सारजाह क्षेत्रीय कमिटीका अध्यक्ष डी आर पाण्डे, उपाध्यक्ष नेत्र नेपाली सहितको उपस्थिति रहेको थियो।

सोनापुर १ उक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा नम बहादुर ठेडी मगर, त्यसैगरी उपाध्यक्षमा शेर बहादुर गुरुङ, सचिवमा गोपाल बहादुर बिक, कोषाध्यक्षमा राकेश कुमार महतो, सदस्यहरूमा देव कुमार मगर, सुजित कुमार महतो, राम चरण यादव, नरेन्द्र धिमाल र दुर्गा बहादुर आले सहितको कार्य समिति गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरूको हकहितको लागी काम गर्न आग्रह गरेका छन्।

भेला को समापन गर्दै नेपाली प्रवासी श्रमिक सङ्घ युएईका उपाध्यक्ष बाबुराम सापकोटाले उक्त कार्य समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

हमरिया फ्री-जोनमा क्षेत्रीय कमिटी
नेपाली प्रवासी श्रमिक सङ्घ युएईले एक भेला आयोजना गर्दै युएईको शारजाह अन्तर्गत रहेको  à¤¹à¤®à¤°à¤¿à¤¯à¤¾ फ्री-जोनमा चौथो क्षेत्रीय कमिटीको बिस्तार गरेको छ।

नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक सङ्घ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने विशेष अथितीमा प्रवासी नेपाली मञ्च सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए त्यस्तै गरेर अथितीमा नेपाली प्रवासी  à¤¶à¥à¤°à¤®à¤¿à¤• सङ्घ सारजाह क्षेत्रीय कमिटीका  à¤…ध्यक्ष डी आर  à¤ªà¤¾à¤£à¥à¤¡à¥‡à¤•à¥‹  à¤¸à¤®à¥à¤ªà¤¸à¥à¤¥à¤¿à¤¤à¤¿à¤®à¤¾ भेलाको आयोजना गरिएको थियो।

२उक्त भेलामा अध्यक्ष भेटवालले  à¤…ब  à¤¯à¥à¤à¤‡à¤•à¤¾  à¤¹à¤°à¥‡à¤•  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€  à¤¶à¥à¤°à¤®à¤¿à¤• काम गर्ने  à¤ à¤¾à¤‰à¤®à¤¾ पुगेर  à¤¶à¥à¤°à¤®à¤¿à¤•à¤•à¤¾ समस्यामा हातेमालो गर्दै उनीहरूको  à¤¸à¤®à¤¸à¥à¤¯à¤¾à¤²à¤¾à¤ˆ नेपाली  à¤à¤®à¥à¤¬à¥‡à¤¸à¥€ लगाएत जिफन्ट केन्द्रीय कार्यालय  à¤¨à¥‡à¤ªà¤¾à¤²  à¤¸à¤®à¥à¤® पुर्‍याउन पहल  à¤—रिने जानकारी दिँदै जिफन्टले  à¤¶à¥à¤°à¤®à¤¿à¤•à¤•à¥‹ हक हितको बारेमा कसरी आवाज उठान गर्छ भन्ने बारेमा प्रस्ट पारेका थिए, त्यस्तै श्रमिकहरूको लागी ठुलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो सस्थाले सित्तैमा श्रमिकहरूको हक हित सुनिश्चित गर्दैन तपाईहरु सस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रवासी श्रमिक सङ्घ युएईमा सबै प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई आबद् आग्रह गरे।

उक्त भेलाले १५ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा तिल विक्रम  à¤²à¤¿à¤®à¥à¤¬à¥, त्यसैगरी उपाध्यक्षमा पान बहादुर गुरुङ, सचिवमा नारादिप लिम्बु, कोषाध्यक्षमा हेमन्त गाहा, सदस्यहरूमा राजकुमार श्रेष्ठ , टेक बहादुर लिम्बु , राम बहादुर सुनार , आर्यन जिम्ब, विकास  à¤­à¤Ÿà¥à¤Ÿà¤°à¤¾à¤ˆ, खगेन्द्र अबस्थि, खेम बहादुर क्षेत्री, तेज  à¤°à¤¾à¤ˆ, राम कुमार  à¤šà¥Œà¤§à¤°à¥€ र खडक बहादुर सुनार सहितको कार्य समिति गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रवासी श्रमिक सङ्घ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरूको हकहितको लागी सदैव लागिरहन सुझाएका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक