Similar Articles

विश्व नेपाली समाचार (World)

थकाली सेवा समिति जापानको बनभोज जुलाई ३१ मा हुने

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, जापान:-
थकाली सेवा समिति जापानद्धारा प्रत्येक वर्ष आयोजना हुने समर वार्वेक्यु (बनभोज) कार्यक्रम, यस वर्ष जुलाई ३१ तारिख आइतबारका दिनमा गरिने जनाईएको छ ।

आयोजकको तर्फबाट संयोजक अनिल भट्टचनद्धारा विज्ञप्ति जारी गर्दै आइतबार जुलाई ३१ मा हुन गइरहेको उत्त वार्वेक्यु कार्यक्रम, टोक्योको सिन्किबा स्टेसनको तोरिचु युमेनोसिमा कोएन नामक वार्वेक्यु स्थलमा बिहानको १०:०० बजे देखी बेलुकाको ३:३० बजे सम्म आयोजना गरिने बताउनु भएको छ ।
 
अध्यक्ष बुद्धि गौचनले, विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सिन्किबास्थित समुन्द्रको नजिकै मनोरम दृष्यालोवकन सँगै हरियाली वार्वेक्यु स्पटमा अति नै गुणस्तरिय र उत्कृष्ठ मासुको परिकार तथा भरपुर पेय पदार्थ एवं विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ आम जापानबासी सम्पूर्ण महानुभावहरुलाई हार्दिक खुल्ला निमन्त्रणा गर्नुभएको छ ।
 
संस्थाका संरक्षक सरद कुमार गौचनका अनुसार, थकाली सेवा समिति जापानको स्थापना काल १९९१ साल देखी नै सुरुआत गरिएको यस वार्वेक्यु कार्यक्रम यस वर्ष २५ औं वर्ष रहेको बताउनु हुँदै यस वार्वेक्यु कार्यक्रमको आफ्नै छुट्टै चिनारि, पहिचान तथा इतिहास बोकेको बताउनुहुन्छ ।
जापानमा नेपालीहरूले वार्वेक्यु गर्ने संस्कारको थालनी तथा प्रचलन एवं चलन चल्तिमा ल्याएको थसेस जापानले नै सुरुआत गरेको दाबी समेत गर्नु भयो । संरक्षक गौचनले अगाडि भन्नु भयो,पहिलो वार्वेक्यु देखी लगातार आयोजकको रूपमा रहेको नब्बेको दशकको स्मरण गराउदै पहिलो त उपयुक्त स्थान पाउनकै लागि कठिनाइ, अज्ञान सँगै विविध थुप्रै कठिनाइ भएको जानाकारि गराउनु भयो ।
 
त्यस ताका नजिकै का थुप्रै जापानीहरु हामीले आयोजना गरेको वार्वेक्यु अचम्म मानेर हेर्न, बोल्न र सोध्न आउने अनुभव एक त जापानमा नेपालीहरूको सङ्ख्या अति नै न्यून रहेको अवस्थामा समुहगत रूपमा ठुलो जमघट भएर वार्वेक्यु, बनभोज तथा आउट डोरमा मनोरञ्जन गर्ने प्रचलन नै थिएन त्यसो भएर पनि अचम्म लाग्दो हो । जापानमा पहिलो पटक २५ वर्ष अघि टोक्योको फुतागो तामागावा स्थित खोलाको किनारमा छेलो फाल्ने, लुठो तान्ने कार्यक्रम सहित प्रथम वार्वेक्यु कार्यक्रम आयोजना गरेको स्मरण पनि गराउनु भयो । त्यसताका आफ्नै संस्थाका सदस्यहरूमा मात्र सीमित रहेको यस वार्वेक्यु कार्यक्रम विगत केही वर्ष अघि देखी जापानबासी आम नेपालीहरुकै सामूहिक पर्व जस्तै एक बृहत् कार्यक्रमको रूपमा परिणत भएको पनि बताउनु भयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक