विश्व नेपाली समाचार (World)
बिराट नेपाल
2016-07-04
विष्णु सापकोटा बेल्जियम ।
नेपाली जन सम्पर्क समिति बेल्जियमको आयोजनामा नेपाली लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको त्रियानब्बेऔ जन्म जयन्ति आन्त्रोपेन सहरमा आइतबारका दिन सम्पन्न भएको छ ।
नेपाली क्रान्ति र शान्तिका नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्म जयन्ती समारोह नेपाली जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुभाष जोशीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा नेपाली जन सम्पर्क समिति बेल्जियामका निबर्तमान अध्यक्ष तथा गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, सङ्घीय समाजवादी फोरमका बैकल्पिक सदस्य तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार पीजी शेर्पा, नेपाली जनप्रगतिशील मञ्चका चित्र सुवेदी, प्रवासी नेपाली मञ्च का कार्यबहाक अध्यक्ष इसा गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली व्यवसायी सङ्घका अध्यक्ष सीपी भट्ट, पासा: पुच बेल्जियमका अध्यक्ष भीम जोशी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष ओम शर्मा, ईन्द्रधनुष क्लब बेल्जियमकी उपाध्यक्ष रेना बस्नेथ, एभरेष्ट नेपाली समाजका कमल सिटौला, यूरो कलाकार सङ्घका निबर्मान अध्यक्ष पदम गुरुङ लगाएत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सभापतिको आशनबाट बोल्दै जोशीले स्वर्गीय गिरिजाप्रसाद कोइराला एक युगका लोकतान्त्रिक नायक रहेको र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले अंगालेको सहमति र सहकार्य आजको नेपालका खाचो रहेको बताएका थिए । त्यसै गरी अथितिको आसनबाट गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर गिरिजा प्रसादले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र शान्तिका लागी दिएको योगदान नेपाल र नेपालीका लागी सदैव प्रेरणाको श्रोत बनेको बताएका थिए भने गैर आवासीय नेपालीहरू बिच पनि उहाँले अंगीकार गरेको सहमति सहकार्य उतिकै खाचो रहेको औल्याएका थिए । त्यसैगरी गिरिजा प्रसाद कोइराला एक त्यागी नेतृत्व शाली अग्रगामी सोच लोकतान्त्रका एक अजर अमर राष्ट्र नेताको रूपमा रहेको चर्चा गर्दै नेपाली प्रवासी मञ्च की का.वा. अध्यक्ष श्रीमती इसा गुरुङले जुन सुकै बिचार र सिद्धान्त भए पनि राष्ट्र नेताहरुलाई संम्मान गर्नु हाम्रो कर्तव्य रहेको बताईंन । त्यसैगरी संधीय समाजवादी फोरमका पिजी शेर्पाले गिरिजा प्रसाद कोइराला आधुनिक युगका एक क्रान्ति र शान्ति नायक रहेको उहाँले स्थापित गरेको गणतन्त्र सबैको लागी पहुच पुर्याउनु पर्नेमा जोड दिए ।
नेपाली जनप्रगति शील मञ्चका चित्र सुवेदीले शान्ति प्रक्रिया र लोकतान्त्रकालागी उहाँको भूमिकालाई सबैले सम्झनु पर्ने बताए भने जनप्रगतिशील मोर्चाका प्रेम पाठकले नेपालको आन्दोलनका नायकको रूपमा मात्र नलिई स्वर्गीय गिरिजा प्रसाद कोईरालले स्थापना गरेको गणतन्त्रलाई सबैको अपनत्व रहने गरी गर्नु पर्ने साथै गिरिजा प्रसाद कोइराला एक नेपाली आन्दोलनका परिवर्तनका सम्बाह रूपमा लिएको बताए । यसै गरी नेपाली व्यवसायी सङ्घका अध्यक्ष सीपी भट्टले पनि गिरिजा प्रसादको जन्मजयन्ती योगदानको चर्चा गरेका थिए ।
नेपाली जन सम्पर्क समिति बेल्जियमका महामन्त्री चिनियालाल दुवालले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै गिरिजा प्रसाद कोइरालाको बारे नेपालको राष्ट्र-राष्ट्रियता लोकतन्त्र र समाजवादको एक सच्चा अगुवाई रहेको र आजको दिनमा उहाँको जन्म जयन्तिले प्रेरणा मिल्ने बताए ।
उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरुले कोइरालाको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी कोइराला प्रति विशेष श्रद्धा सुमन अर्पण गरेका थिए । कार्यक्रम समितिका सह-महामन्त्री विष्णु सापकोटाले सञ्चालन गरेका थिए ।
Post Comments Using Facebook
Your Comments