अर्जुन खनाल/ नयाँ दिल्ली,१२ जुलाई
सोमबार बुटवलबाट दिल्ली जादै गरेको बुद्ध एड्भेन्चर टुर एण्ड ट्रावल्सको ना ४ ख ७६८७ बस उत्तर प्रदेशको पिलिभितमा गए राति करिब १२ बजे ट्रक संग ठोक्किदा बसमा सवार ७ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर रहेको राजु कुवरले जानाकारी दिनु भएको छ ।
बसमा कति सवार थिए भन्ने बारेमा अझै सनाखत हुन सकेको छैन । बुद्द एड्भेन्चरकै स्टाफको जनाकारी अनुसार गाडी चालक अमीत घर्ती र खुम बहादुर सारु मगरको घटना स्थलमै मृत्यु भएको छ ।गाडी दुर्घटना भएको खवर पाए लगत्तै दिल्लीमा रहेको बुद्ध ट्रावल्सको अफिसबाट कर्मचारी घटना स्थल तर्फ लागेको जानाकारी गराएका थिए ।
रातिको समयमा आत्याधिक गतिमा गुडेको बस बिपरित दिशाबाट आएको ट्रक संग ठोक्किन पुगेको थियो बसमा सवार एक यात्रुले राजु कुवरलाई जानाकरी गराएका थिए ।उनी भन्छ्न "गाडिमा अत्याधिक यात्रु थिए म ढिलो आएको हुनाले मलाई सिट मिलेको थिएन त्यसैले आफू मुडामा पछाडि सवार गरेको थिए अगाडि बसेका सबैको हालत गम्भीर छ "।