Similar Articles

विश्व नेपाली समाचार (World)

जापानको फ़ुकुओकमा 'वर्ल्ड नेवास् अर्गनाइजेशन जापान' गठन

बिराट नेपाल


टोकियो ,१५ जुलाई 

नेपालका विभिन्न जिल्लाबाट जापानको फ़ुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवास् अर्गनाइजेशन जापान , फुकुओका गठन गरेको छ ।  वर्ल्ड अर्गनाईजेशन जापान, फ़ुकुओकाका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा फ़ुकुओका शाखाको गठन भएको हो । 

नयाँ गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । अर्गनाईजेशनको सल्लाहकारमा सुगम श्रेष्ठ र नितु खड्की , उपाध्यक्षमा विकाश प्रधान , कोषाध्यक्षमा पृथ्वी श्रेष्ठ , सचिवमा आशिष खड्की र सह (सचिवमा सजिना रञ्जिीत रहेका छन् । त्यस्तै सदस्यमा धर्म महर्जन ,समुन्द्र श्रेष्ठ ,अनिल श्रेष्ठ ,अंकित श्रेष्ठ र रवि महर्जन रहेका छन् ।

अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन  गठन गरिएकोे जनाएको छ ।

हाम्रो संस्कृतिको सरंक्षण र संबर्धन,संन्सार भर छरिएर रहेका नेपालीहरुसंगको समन्वय ,आफुसंग भएको सीप ,ज्ञानको प्रचार र नेपालमा केहि आर्थिक सहयोग गर्ने उद्वेस्यले वर्ल्ड नेवास्अर्गनाईजेशन जापान, फ़ुकुओका गठन गरिएको जनाएको छ  । 

आफ्नो क्षेत्रबाट नेपाल र नेपालीको लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्ने भावना बाट  प्रेरित भई निस्वार्थ भावनाले लाग्नु नै यसको मूल कार्य रहेको कुराको जानकारी अर्गनाईजेशनका अध्यक्ष अशोक शाहीले दिनुभयो । 






Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक