क्यानाडा २२ जुलाई
नेपालीहरु अधिक मात्रामा रहेको टोरोन्टोको पश्चिम भेगस्थित ईटोबिकोकमा बिगत १० बर्षदेखि नियमित रुपमा संचालन गर्दै आएको “फ्युजनअफ टेस्ट“ मेलामा यस वर्ष नेपाली धिमे बाजा र खैजडी प्रमुख आकर्षणको बन्यो । नेवारी बाजाधिमे र भुस्याबादन प्रस्तुत हुँदा नेपाली त रमाउने भइ नै हाले साथमा क्यानेडेली र अन्य समुदायका दर्शकहरुले समेत हात हल्लाइ हल्लाइ उफ्रीन थालेपछि वातावरण रौनकमय बनेको हो ।
बहु सांस्कृतिकनगरी टोरोन्टोमाबसोबास गरि रहेकाविभिन्न समुदायको आआफ्नो संस्कृति प्रबद्र्धन गर्ने हेतुले आयोजित कार्यक्रममा धिमे बाजाको अगाडि पश्चिमेली ड्रम र गीतार फितलो भएको महसुस गरिएको थियो ।
धिमे बाजाको चर्को आवाज पछि मादल, वाँसुरी, चाँप र खैजडी धुनले थप आनन्द भएको आभास अन्य समुदायले गरे । नेपाली परम्परागत बाजा धिमेको चर्को धुन र मादल तथा खैजडीको मधुर धुनले दर्शकलाई नयाँपनको आभास दिएको वाद्यवादक उत्तमकुमार माकजुले बताए ।
प्रसिद्ध मादलबादक सानुराजा महर्जन सहितको नेपाली लोक संगीत समुहले नेपाली लोक धून प्रस्तुत गरेपछि “यो दाजुको मिर्मिरे आँखा’, “ छातीमा मेरो यो छोटो भोटो“ भाकाका प्रशिद्ध नेपालीलोक गीतहरु मादल, बाँसुरी, चाँप , खैजडीको सुर तालमा प्रस्तुत गरिएको थियो भने “ ढुंगे बगर माया ढुंगे बगर “ गीतलाइ धिमे, मादल, भुस्या, बाँसुरीमा पन्चे बाजाको तालमा प्रस्तुत गरिएको थियो ।
चाँप, बाँसुरी, खैजडी को सहयोगमापाश्चात्य सांगीतिकतालमा“धिमे सोलो“ प्रस्तुतगरिंदा मेलाको माहौल थप रोमाञ्चकपूर्णभएको थियो । सो लोक बाजा समुहमा सानुराजामहर्जन लगायतप्रदीपबाँस्कोटा, बिजु सिंह, उत्तममाकजु समाबेस थिए ।
नेपाली समुहको प्रस्तुति अरुभन्दा पृथक र मौलिक भएकोले दर्शकहरुले धेरै रुचाइएको थियो । टोरोन्टो महानगरपालिकाका उप मेयर भिन्सेन्ट क्रिसन्ति लगायतका बिशिस्ट ब्यक्तीहरु नेपाली वाद्यवादनबाट प्रभावित बनेको मेला आयोजक समिति तथा अल्बियन ईस्लिङ्ग्तन ब्युजिनेस इम्प्रोभमेंट एरियाका बोर्ड अफ डाइरेक्टर अतुल सुबेदीले जानकारी दिए ।
सोहि लोक संगीत समुहले गत मे महिनामा टोरोन्टोको मध्ये क्षेत्र नर्थ योर्क माभएको “ग्लोबल भिलेज फेस्टिवल“ मा नेपाली समुदायको क्यानेडियन नेवा गुठिको तर्फबाट पनि नेपाली तथा नेवारी लोक धून प्रस्तुत गरेका थिए ।