विश्व नेपाली समाचार (World)
बिराट नेपाल
2016-07-06
अर्जुन खनाल/ नयाँ दिल्ली
२०२ औं भानु जयन्तीको अवसर पारेर भारतको राजधानी दिल्लीमा रहेको संस्था हाम्रो स्वाभिमान ट्रष्टले कविता वाचनसँगै वक्तित्वकला प्रतियोगिता गर्ने भएको छ ।प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उक्त संस्थाले यो वर्ष पनि १० जुलाईको दिन गर्ने जानाकारी गराएको हो ।
नेपाली भाषाको प्रवर्द्धन गर्नु नै मुख्य उदेश्य रहेको स्वाभिमानका पदाधिकारी बताउछन ।दिल्ली तथा दिल्ली एन सी आरमा बसोबास गर्ने गोर्खाली एवम् नेपाली भाषीलाई संस्थाले प्रतियोगितामा उपस्थित भएर भाग लिन आह्वान पनि गरेको छ ।प्रतियोगी जनाउने ईछुक ब्याक्तिले सिवलाल ज्ञवाली ९८६८३४७८१०मा या अन्य संस्थाका प्रतिनिधिलाई सम्पर्क गर्न आव्हान गरेको छ ।
कार्यक्रम एन डि एम सी भवन बङगाली मार्केट मंडी हाउस मेट्रोको पछाडि हुने छ ।कार्यक्रममा प्रतियोगी सबैलाई प्रमाणपत्र उपलब्ध गराई प्रथम ,द्वितीय र तृतीयलाई उचित पुरस्कारको पनि व्यवस्था गरेको जानाकारी संस्थाकै पदाधिकारी ललिता भण्डारी चौलागाईंले हामीलाई जानकारी गराउनु भयो ।
उक्त प्रतियोगितामा भाग लिनेले निम्न कुनै एक विषयमा स्वरचित कविता व वक्तित्व वाचन गर्न पाउने छन्
१. के हो कर्तव्य ?
२. आदि कवि भानुभक्त ।
३.गरिब को सुख।
४. हाम्रो स्वाभिमान ।
५. किसान को कमाई ।
६. देश प्रति कर्तव्य ।
Post Comments Using Facebook
Your Comments