Similar Articles

विश्व नेपाली समाचार (World)

क्यानडामा पहिलो पटक नेपाली फिल्म अवार्ड हुँदै

बिराट नेपाल

अनजान दाहाल, नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मानका लागि नेपालमा धेरै अवार्ड कार्यक्रमहरू आयोजना हुने गर्छन् तर अहिलेसम्म कुनै पनि अवार्डहरु निष्पक्ष नभएको गुनासो चौतर्फी सुनिरहेको अवस्थामा पहिलो पटक अन्तरािष्ट्रय स्तरमा नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्मान र प्रोत्साहनका लागि 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२' को आयोजना हुने भएको छ । आगामी जनावरी २०१७ मा क्यानडामा आयोजना हुने 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२' क्यानडाबाट अभिनेता सुदर्शन गौतमको संयोजनमा आयोजना हुन लागेको हो भने नेपालबाट पत्रकार आर.के. सुवेदीले अवार्ड संयोजकको जिम्मेवारी पाएका छन् । 'क्यानडामा अवार्ड गर्न असम्भव होला नि त ?' भन्ने हाम्रो प्रश्नमा क्यानडाबाट सुदर्शन गौतमले भने -'मेरो लाइफमा असम्भव भन्ने शब्द नै छैन । मैले आजसम्म गरेका कामहरू सबैले असम्भव नै भनिरहेका थिए तर मैले अरूले असम्भव भनेका कामहरुलाई सम्भव बनाएर देखाएको छु ।' 

उनले अवार्ड पूर्ण विवाद रहित बनाउन सक्दो प्रयास गर्ने पनि बताए । उनले अगाडी थप्दै भने -'म क्यानाडाको नागरिक हँ र क्यानाडामा नेपाल र नेपालीको पहिचान बनाउन यो एतिहासिक फिल्म फेयर अवार्डले निकै नै ठुलो योगदान दिने निष्कर्षका साथ यो निकै नै ठुलो जोखिम उठाउँदै पनि छु। देश को कला र संस्कृतिले नै राष्ट्रको पहिचान बनाउन सक्छ। यो इतिहास मैले सय प्रतिशत सोचेर अनि विचार गरेर घोषणा गरेको हो ।' हामीसँगको कुराकानीको क्रममा सुदर्शनले २०१७ बाट सुरु हुने उक्त अवार्ड आजिवन क्यानडामा नै गर्ने दाबी पनि गरेका छन् । क्यानडामा हुने अवार्डका लागि नेपालबाट उल्लेख्य सङ्ख्यामा चलचित्रकर्मी र पत्रकारहरुको सहभागिता रहने नेपालबाट अवार्डको संयोजक आर.के. सुवेदीले जानकारी दिए । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक