ताहिर खान
हङकङ्, २३ जुलाई
बिपी चिन्तन प्रतिष्ठान हंगकंग शाखाको आयोजनामा हंगकंगमा स्व. विश्वेश्वर प्रसाद कोइरालाको ३४ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष कुल प्रसाद गुरुङ्गको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा स्यांग्जा कांग्रेस-२ का क्षेत्रीय सभापति तथा जनसम्पर्क समिति हंगकंगका पुर्ब सभापति ईश्वर खांडका साथै बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि सदस्यहरुको उपस्थिति थियो ।
राष्ट्रिय गान लगत्तै शहिद तथा महामानव बिपी कोइरालाको स्मृतिमा एक मिनेट मौन धारण व्यक्त गर्दै शुरु भएको कार्यक्रममा यहाँ स्थित बिभिन्न बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरुले बिपीको राजनैतिक, साहित्यिक , आर्थिक तथा , दार्शनिक चिन्तन आदि आयाम बारे बोल्दै तिनको आजको सान्दर्भिकता र बिपी चिन्तन बारे बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ईश्वर खांड तथा भर्खरै हंगकंग सरकार बाट सम्मान प्राप्त गरेकी हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलाई खादा ओढाई सम्मान गरिएको थियो ।
समालोचक राज कुमार राईले बिपीको बहुमुखी आयाम बारे चर्चा गर्दै उनी माथि ५० भन्दा माथि विद्यार्थीले विद्याबारिधि गरिसकेको सन्दर्भमा कांग्रेस भित्रै बाट भने उचित प्रचार नभएको बताए ।यसपछि मोति चामलिंग , बज्र थुलुंग राई आदि साहित्यिक अनुरागीहरुले बिपीको समाजबादबारे चर्चा गर्दै कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई अगाडी बढाउने क्रममा आमन्त्रित अतिथिहरु तथा उपस्थित जनसमुदायले बीपीको तस्बिरमा खादा अर्पण गर्दै उनको स्मरण गरेका थिए ।
कार्यक्रमका सभापतिले मन्तब्य संगै कार्यक्रम समापन गर्नु अधि प्रमुख अतिथि ईश्वर खांडले बिपीको दर्शन बारे संक्षिप्त चर्चा गर्दै उनको सपना पुरा गर्न सम्पूर्ण कांग्रेसी एक जुट भई लाग्नु पर्ने बताए ।
कार्यक्रमको उदघोषण तथा संचालन नबिन सुहांगले गरेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष तथा जनसम्पर्क समिति हंगकंगका कोषाध्यक्ष ताहिर खानले फेसबुक मार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको र कार्यक्रम एकदमै सफल रहेको भन्दै उनले खुशी व्यक्त गरे ।