विश्व नेपाली समाचार (World)
बिराट नेपाल
2016-07-08
टारोन्टो, क्यानडा ।
क्यानाडाको टोरोन्टोको नर्थ योर्कमाप्रत्येक वर्ष संचालनगरिने “ग्लोबल भिलेज फेस्टिवल“ मा नेपाली नृत्य रलोक धूनआकर्षणको केन्द्र बनेको छ । मेलामानेवाःगुठीका युवा सदस्यहरूले “सयथरि बाजा एउटैताल’बोलको गीतमाविभिन्नभौगोलिक क्षेत्रको भेष भूषामा सामूहिक नृत्य प्रस्तुतगर्दा विदेशीदर्शकहरु झुुम्मिंदाआयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादलबादक सानुराजामहर्जन, उत्तममाकजु, प्रदीपबाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपालीलोक धूनहरु प्रस्तुतगरिंदा दर्शकहरु रमाएर नाचेको दृश्य हेर्न लायकको थियो ।
दुइदिनसम्म संचालनभएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबुथ स्थापनागरि नेपाल सम्बन्धी सूचनाहरू प्रवाहगरिएको थियो । नेपालीलोक धुनको प्रस्तुति पछि गुठीका महिला सदस्यहरू मौसमताम्राकार र श्रीजामाथेमालाई नेपालबारे जानकारी दिनहम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमाजहिदले समेत नेपालबुथको अबलोकनगरी नेपालबारे जानकारी लिए पछि नेपालको थपप्रचार हुनपुुगेको थियो । अर्का सांसद ग्यांगतानले नेपाल क्यानडा मैत्री सङ्घ स्थापनागर्नु पर्नेमाजोड दिए पछि नेपाली टोलीथपहौस्सिएको छ ।
नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमागत १० वर्ष अगाडी स्थापित गैरनाफामुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने बिभिन्न मुलुकका कलाकारहरुले पनि आआफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका थिए ।
Post Comments Using Facebook
Your Comments