विश्व नेपाली समाचार (World)
बिराट नेपाल
2016-07-08
विष्णु सापकोटा बेल्जियम, ०८ जुलाई ।
सांग्रीला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्लाको नाङ्लीबाङमा अवस्थित बिध्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्धेश्य सहित गत आइतबारको दिन लुभेनमा च्यारीटी लोक दोहोरी कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायिका देवी घर्ति मगर र गायक यम क्षेत्री मुख्य आकर्षक रहेको कार्यक्रममा नेपाली राजदूतावास बेल्जियमका कार्यबाहक राजदूत घनश्याम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क के सी को अध्यक्षतामा भएको पहिलो चरणको औपचारिक कार्यक्रमा सभापतिको आसनबाट बोल्दै केसीले प्रवासमा नेपाली भाषा,साहित्य, कला तथा लोक सस्कृतिको संरक्षणको लागी सांग्रिला समाज बेल्जियमले कार्यक्रम गर्दै आएको र विभिन्न कार्यक्रम हरू मार्फत नेपालमा परोपकारी क्षेत्रमा पनि सहयोगको लागी हातेमालो गरेको बताए । त्यसै गरी प्रमुख अतिथिको आसन बाट का.वा. भण्डारीले संसारको जुन कुनै कुनामा रहे पनि आफ्नो भाषा सस्कृति प्यारो लाग्नुको साथै सांग्रीला समाजले नेपाल र नेपाली पन झल्कने भाषा साहित्य जस्ता कार्यक्रम गर्दै आएको आफूले पाएकोमा राजदूतावासको तर्फ बाट आयोजकको प्रशंसा गरेका थिए । त्यसै गरी विशेष अतिथिको रूपमा रहेका एनआरएन ए बेल्जियमका अध्यक्ष गंगाधर गौतम ले सांग्रिला समाज बेल्जियमले गर्ने हरेक रचनात्मक कार्यक्रमम लाई गैर आवासीय नेपाली सङ्घ बेल्जियम ले सहयोग गर्दै आएको र रहिरहने बताए । कार्यक्रममा बेल्जियमका विभिन्न सङ्घ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगाएत विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।
लोकदोहोरी गायन क्षेत्रका चर्चित गायक गायिका देवी घर्ति मगर र याम क्षेत्रीको यूरोप टुर अन्तर्गत लक्जम्वर, जर्मनी, पोर्तुगल, नेदरल्याण्डमा कार्यक्रम सम्पन्न गरी अन्तिम कार्यक्रम बेल्जियको लुभेन सहरमा अवस्थित प्रसिद्ध चेस क्याफेको हलमा भएको कार्यक्रमा कलाकार द्वयले प्रवासमा बस्ने नेपालीको मातृभूमि प्रतिको अघाद माया, लोक सस्कृतिको सम्वर्धन, गायन भेष-भूषा प्रतिको माया यूरोपमा बस्ने नेपालीमा ज्यादा रहेको बताउदै कला संस्कृति क्षेत्रमा यूरोप को भ्रमणले अझ बढी प्रेरणा र ऊर्जा मिलेको बताए ।
कार्यक्रममा यूरो कलाकार सङ्घका बलराम पुन तथा अन्य सहयोगीहरुले कार्यक्रमलाई रोचक बनाउन विभिन्न म्युजिक बाध्य बाधनमा विशेष सहयोग गरेका थिए भने कार्यक्रमा स्थानीय कलाकार हरुको तर्फबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । रमाइलो दोहोरीमा सभागीहरुले देवी घर्ति मगर र यम क्षेत्रीले प्रसिद्ध लोक दोहोरी गीत प्रस्तुत गरेका थिए भने उनीहरू सँगै दर्शक हरुले दोहोरी गीत गाउनुको साथै नेपाली पन्चे बाजाका गीतमा नृत्य सहित भरपुर मनोरंजन लिएका थिए ।
परोपकारी कार्य अन्तर्गत बिध्यालयको भवन पुनर्निर्माण सहयोग कार्यका लागी आयोजना गरिएको सास्कृतिक तथा दोहोरी कार्यक्रम कार्यक्रम युवा राजेश केसीले सञ्चालन गरेका थिए । उपस्थित विभिन्न महानुभावहरुले पुनर्निर्माणको लागी आर्थिक सहयोग समेत गरेका थिए । स्मरण रहोस् सांग्रीला समाज बेल्जियमले बेल्जियममा नेपाली भाषा स्कुल सञ्चालन गरेको थियो भने पुन भाषा स्कुल सञ्चालनको लागी लुभेन नगरपालिका सङ्घ सम्बाद भैरहेको र छिट्टै सञ्चालनमा ल्याउने समेत जानकारी गराएको छ ।
Post Comments Using Facebook
Your Comments