Similar Articles

विश्व नेपाली समाचार (World)

क्यालगरी स्टम्पिडमा पहिलो पटक नेपाली प्रदर्शनी (भिडियो सहित)

बिराट नेपाल

क्यानाडा, ५ साउन 

प्रत्येक बर्षको जुलाई महिनामा क्यानाडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यसपटक स्थानीय नेपाली समुदायले नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित  बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्नो  सहभागिता जनाएको छ। 

नेपालका विविध संस्कृति र भेषभुषा झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू झाँकीमा उपस्थित भएका थिए भने स्थानीय कलाकारहरूले नेपालीको बीरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरू प्रदर्शन गरेका थिए।

 नेपाली प्रदर्शनीलाइ परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको कुरा एनसीएससीका अध्यक्ष ध्रुब राइले बताउनुभयो। 

दुइसय बर्ष भन्दा लामो इतिहास बोकेको क्यालगरी स्टम्पिड दस दिनसम्म रोडियो,  परेड, संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ। क्यालगरी स्टम्पिड संसारकै सबभन्दा ठुलो 'आउटडोरसो' मानिन्छ जसमा संसार भरका झन्डै दश लाख मानिस सहभागी हुन्छन। क्यानाडामा 'भिजिबलमाइनोरिटी' को रुपमा रहेको नेपाली समुदायका तर्फबाट पहिलो पटक सहभागिता जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानाडामा स्थापित गराउन थप मदत पुगेको र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत अप्रतक्ष्य रुपमा टेवा पुर्याउने विश्वास गर्दै सीएनसीएका अध्यक्ष दिव्य प्रधानले आगामी बर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिने बताउनुभयो।

(कार्यक्रमको भिडियो )



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक