Similar Articles

विश्व नेपाली समाचार (World)

आठ वर्ष देखि नेपालीगुरुबाट पूर्वीय दर्शन सिक्दैछन्, अस्ट्रेलियनहरू

बिराट नेपाल

सिड्नी । परिवर्तनको लागि एक क्षण पनि काफि हुन्छ । यस्तै अनुभवका साक्षी बन्नु भयो ,सिड्नीवासि विदुर प्रसाद सापकोटा । जब एक दिन उहाँका पैतालाहरू एउटा अध्यापन केन्द्रमा एक क्षणका लागि भनेर, तानियो, आगन्तुकको रूपमा, तब देखि उहाँ सधैंंको लागिनै सो केन्द्रको महत्त्वपूर्ण विद्यार्थी बन्न पुग्नु भयो । जब मङ्गलवारको सन्ध्या हुन्छ तब अस्ट्रेलियाको एक केन्द्रमा वर्षौं देखि एउटा बहुसामुदायीक जमातको भेला हुन्छ । पूर्वीय दर्शनको सार तत्त्व र जीवन जिउने सरल अध्यात्मिक कला सिकाईने पश्चिम सिड्नीको सो अध्यापन केन्द्रका प्रमुख एक नेपाली नै हुन्।

 

 

यो सूचनाले उहाँलाई सो स्थान सम्म डोर्याएको थियो । यसरी नै सो केन्द्रमा पुग्ने हरूको सङ्ख्या बढी रहेको केन्द्रका पुराना फिजियन विद्यार्थी बब आधारको अनुभव छ । वर्षौं देखि पूर्वीय दर्शनको प्रशिक्षण भईइरहेको सो केन्द्रमा अस्ट्रेलियन, फिजियन, भारतीय, नेपाली तथा विभिन्न देशका साधकहरू बिच विशेष आकर्षण बनेको छ । नेपाली अध्यापक आचार्य राजन शर्मा(भीमसेन सापकोटा ) मुख्य प्राचार्य बन्नु भएको सो रामचरितमानस वेदान्त प्रशिक्षण केन्द्रको अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, नेपाल र फिजी समेतका विभिन्न देशमा शाखा रहेको छ ।

 

उहाँले अध्यापन गराउने पाठ्य सामाग्री तथा प्रशिक्षण एकै समयमा विश्वका विभिन्न देशका विध्यार्थीहरू सिकिरहेका हुन्छन्न हरेक हप्ता ,प्रत्यक्ष्य र अनलाइन प्रविधि मार्फत । अध्यात्मिक चिन्तन , जीवन जिउने सरल कला रमायाण , भागवत गीता, संस्कृत तथा पूर्वीय दर्शनमा आधारित शास्त्रहरूको वैज्ञानिक र व्यवहारिक सारतत्व सो केन्द्रको अध्यापनका विषय वस्तु हुन्। सो केन्द्रले आफ्नो अध्यापनको आठौँ वर्ष यसै हप्ता पुरा गर्दै एक उत्सव मनायो । जहाँ आज सम्मका सिकाईका उपलब्धि तथा रमायाणको वैज्ञानिक पक्षका बारेमा आचार्य राजन शर्मा ले प्रवचन दिनु भएको थियो ।

 

 

नेपाली समुदायको तर्फ बाट लक्ष्मण श्रेष्ठ , हरि श्रेष्ठ , विदुर श्रेष्ठ लगायतका समुदायका प्रतिनिधिको सहभागी हुनुभएको सो अवसरमा विभिन्न देशका नागरिकले सो प्राचीन ज्ञानको लाभ लिएका थिए । सिड्नीको ‘हिन्चिनब्रूक’ सामुदायिक हलमा लिभरपूल काउन्सिलको सहकार्यमा यो प्राचीन विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धान भइरहेको छ। आधुनिक व्यस्त जीवनका लागि प्रकृति सँग नजिक रहेर कसरी जीवनलाई बढी उपयोगी बनाउन सकिन्छ र मानव मष्तिस्कलाई कसरी बढी तिक्ष्ण पार्न सकिन्छ भन्ने कुरा सो केन्द्रको अध्यापनमा समावेश हुन्छ ।

 

एक जना नेपालीले यसरी पूर्वीय दर्शनलाई प्र्मुख भूमिका मै रहेर निरन्तर वर्षौं देखि अध्यापन गराउनु हाम्रा लागि गौरव हो ” कार्यक्रका सहभागी हरि श्रेष्ठको धारणा हो यो । नेपालमा उत्पत्ति भएको यस्तो ज्ञानले संसारलाई नै यत्रो लाभ दिइरहेको देख्दा आफू गौरवान्वित भएको र आचार्य राजन शर्माको यो दक्षता आफ्नो समुदाय सम्म पनि विस्तार गर्ने सोचमा रहेको अर्का नेपाली सहभागी लक्ष्मण श्रेष्ठ बताउनु हुन्छ ।

 

 

यसो त सो केन्द्रका अर्का विधार्थी योगेश्वर कश्यप भन्छन्” अध्यात्मिक ज्ञान, जाति, धर्म, भाषा र भुगोल भन्दा माथि हुन्छ त्यसैले यो केन्द्र विदिक ज्ञानका लागि सबै समुदायका नयाँ र पुराना पिढींको आकर्षण बनेको बताउनुहुन्छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक