Similar Articles

विश्व नेपाली समाचार (World)

साझा नेपाली समाज यूकेको सांस्कृतिक साँझ लेसेष्टरमा सम्पन्न

बिराट नेपाल

​केशव भण्डारी, पिटरबरो ।  
बेलायतको मिडल्याण्ड र यस वरपरका विभिन्न चार संस्थामिलेर बनेको साझा नेपाली समाजले गत १३ जुन २०१६, सोमबार साँझ लेसेष्टरस्थित म्यापल बैंक्वेटिंग हलमा कल्याणकारी कोष सहयोगार्थ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय लेसेष्टर, नटिंघम, ओल्भरह्याम्पटन, पिटरबरो, बर्मिंघम, ग्रान्थाम, स्पाल्डिंग, कोलबेल, ननिटन, डर्बी र यस वरपर रहेका करिब ३००नेपालीहरुको उपस्थितिमा नेपालबाट आएकाहालका चर्चित हाँस्य कलाकारद्धय बले र कक्रोचका साथमा चर्चित लोक गायिका एवं मोडेल ज्योति मगरको उत्कृष्ट प्रस्तुतिले साँझ मनोरन्जनले भरिपूर्ण बनेको थियो । कलाकारको संयोजन एवंप्रस्तोता सपन राईले पनि सुरिलो स्वरमा गीत गाएर वातारणलाई उत्कृष्ट बनाएका थिए ।

​पवित्र उद्देश्यका साथ नेपालमा परेका विपत्तिका लागि सहयोग जुटाउन गरिएको उक्त सांस्कृतिक कार्यक्रमले मिड्ल्याण्ड र यस वरपररहेका नेपालीलाई एक सकारात्मक सन्देश जानुकासाथै यसबाट उठेको रकम नेपालमा पु-याईनेसाझाका अध्यक्ष रण केसीले बताए । साथै पिटरबरोका नेपालीहरुबाट सुरु गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने अभियानलाई साझाले पनि समर्थन गर्दै साझाका उपाध्यक्ष महेशअधिकारीको संयोजकत्वमा सहयोग सङ्कलन गर्ने निर्णय आजै गरेको जानकारी गराउँदै सबैमा सहयोगको अपिल पनि गरे ।

​साझाका अध्यक्ष रण के।सी।को सभापतित्वमा सम्पन्न पहिलो चरणको सङ्क्षिप्त कार्यक्रममा साझाका निवर्तमान् अध्यक्ष एवं सल्लाहकार राजु कंडेलले वर्तमान् कार्यसमितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको परिचय गराएका थिए । साझाको कल्याणकारी कोषको लागि गरिएको यस सांस्कृतिक साँझका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शङ्कर भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संस्थाका महासचिव हरि कार्कीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य गरेका थिए । कल्याणकारी कोष व्यवस्थापन समितिका संयोजक एवं लेसेष्टर समाजका निवर्तमान अध्यक्ष दयानिधि सापकोटाले कोषका बारेमा बोलेका थिए।

​कार्यक्रमको दोस्रो चरणमा पत्रकार एवं रेडियो आर.जे. नृपेश उप्रेतीको उद्घोषण, ज्योति मगरको नृत्य एवं हास्य कलाकारद्धयको प्रहशनले कार्यक्रमका उत्कृष्ट हुनुका साथै सहभागी भरपूर मनोरन्जन लिएका थिए । श्रृजनशील लेष्टरसमाजका अध्यक्ष पशुपति पोखरेलको उत्कृष्ट नेपाली खानाको व्यवस्थापनको साथमा साँझ ६ बजे सुरु गरिएको कार्यक्रम राति १०.३० सम्म चलेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रण केसी र कार्यक्रम संयोजक शङ्कर भण्डारीले कलाकारहरुलाई सम्मान गर्नुका साथै सहभागी साझा नेपाली समाजसंग आवद्ध सबै सङ्घ संस्था एवं शान्ति नेपाली समाजका महासचिव कृष्ण ढकाल लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक