Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाली संस्कृति परिषद्द्वारा दिल्लीमा भानु जयन्ती सम्पन्न

बिराट नेपाल

केशवराज पोख्रेल, भारत,३ श्रावण
२०२ औं भानु जयन्तीको रूपमा आदिकवि भानुभक्तको जन्म जयन्ती समारोह नेपाली भाषीहरूले भव्य रूपमा मनाएका हुन । नेपाल आवाजको हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल आवाज पत्रिकाका सञ्चालक देवेन्द्र कुवँरले गरेका थिए भने सञ्चालन सह—सम्पादक गोविन्द पोख्रेलले गरेका थिए ।

विद्याथी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, विशिष्ट ब्यक्तित्वहरु गरेर १८ वटा कविता वाचन गरिएको थियो  काठमाडौँबाट पुष्पा धमला चौलागाई र इटलिबाट मानवी अधिकारीले इमेल गरी पठाएका कविताहरू पनि उद्घोषकले वाचन गरीदिएका थिए ।

सोचेभन्दा धेरै नेपालीहरूको सहभागिताले हल खचाखच भरीएपछी केही अतिथीहरु उभिएर कविता वाचनको भरपुर मनोरन्जन लिएका थिए । नेपाली संस्कृति परिषद् दिल्लीको आयोजनामा सम्पन्न भएको उक्त समारोहमा के.बि. थापाले स्वागत मन्तव्य दिएका थिए ।

वक्ताहरु नेपाली राजदूतावासका शिक्षा एवं संस्कृति विभाग प्रमुख कृष्ण प्रसाद पन्थ, नेपाली संस्कृति परिषद् भारत संयोजक अशोक चौरसिया, इस्कोन मन्दिर करोलबागबाट आचार्य कवि श्रेष्ठ, नेपाली जन सम्पर्क समितिका प्रमोद खरेलले शुभकामना सहित आफ्ना कुराहरू राखेका थिए भने प्रमुख अतिथिको रूपमा रहेकी पूर्व सांसद, नेपाल महिला सङ्घकी पूर्व महामन्त्रि एवं नेतृ नेपाली काँग्रेस माननीय कमला थापाले समाज विकास र उत्थानको पाठ त आदिकविले २०२ वर्ष अगावै सिकाएका थिए  । तर विडम्बना आज एक्काइसौ शताब्दिमा पनि जुन रूपमा समाजको उत्थान सहित विकसित मोडमा आउन नसक्नु दुर्भाग्य नै हो भन्दै वहाँले थप्नुभयो, राजा पृथ्वी नारायण शाहको कल्पनाले बनेको अखण्ड नेपाल सहज थिएन ।

जसरी अखण्ड नेपाल निर्माणमा उनको योगदान र नेपालीहरूलाई एकतामा सुत्रबद्ध गरे ठिक त्यसैगरि आदिकविले नेपाली भाषीहरुलाई संसारभरि एकताबद्ध गरेका हुन । उहाँले हाम्रो विशेष पहिचान दौरा सुरुवाल र गुन्युचोली को पनि त विशेष महत्त्व छ । जब यो संस्कार लुप्त हुने स्थिति आयो । दार्जिलिंगका नेपालीहरूले यसको साखलाई जीवन्त राख्ने काम गरेका छन् ।

अखण्ड नेपाललाई जातीय र भाषीय आधारमा विभाजन गर्नुपर्छ भनेर विगतमा राजनीति गरेका नेताहरू अहिले पुर्पुरोमा हात राखेर कुरा गर्छन् । राजसँस्था आफ्नै कारणले गएको हो । डलर र युरो को खेतिपातिले हिन्दुत्व मासिएको हो भन्दै थापाले कसको के नाश गरेको थियो र हिन्दु राष्ट्र नेपाल हुँदा ? प्रश्न गर्दै पत्रकारहरुलाई सुझाव सम्म दिन भ्याउनु भएको थियो ।

उहाँले पत्रकारहरुलाई अनुरोध गर्दै भारत आउने नेपाली नेताहरूलाई दिल्ली दरबार किन धाइरहनुहुन्छ ? जस्ता प्रश्नहरुलाइ टड्कारो रूपमा सोधिरहनुहोला भन्नु भएको थियो । समारोहमा कविता वाचन गर्नेहरु भगवति भट्टराई, कृष्ण प्रसाद भट्टराई, टेकमान राहु, दीपक पाण्डे, वन्दना पोख्रेल, बादल बस्नेत, अमृत पोखे्रल, शर्मिला कुवँर, रजिस्मा के.सी., उत्तम कुमार क्षेत्री, युवराज भट्टराई, कुल प्रसाद देवकोटा, सन्दिप रजाली मगर, बाबु रोका मगर, मोहनसिंह थापा र मोहन कार्की गरी १६ जना रहेका थिए ।

विशिष्ट अतिथिहरूमा नेपाली राजदूतावासका कृष्ण प्रसाद पन्थ, नेपाल वायु सेवा निगमका अनिल घिमिरे, नेपाल पत्रकार महासंघका भेषराज पौडेल, समाजसेवी राम नेपाल, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका का. बा. अध्यक्ष शेखर कुवँर, वल्र्ड गोर्खा फाउण्डेशन ट्रस्टका विराज शर्मा, एभरेष्ट बैङ्क लिमिटेडका भरत कार्की, ग्लोबल आइएमई का दिपेन्द्र ढकाल, मुथुट गु्रपका अनिल कार्की, प्रभुबैंकका सुनिल मिश्रा रहेका थिए । अतिथिहरूमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू रहेका थिए । सबै अतिथि पाहुनाहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक